९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

सत्तारूढ नेकपाका नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पाैडेलको हृदयघातका कारण निधन

३१ जेठ, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पाैडेलको निधन भएको छ । पूर्व शिक्षामन्त्री पाैडेलको  हृदयघातका कारण निधन भएको पारिवारले जनाएको छ । उनको चितवनको माडीस्थित आफ्नै निवासमा मृत्यु भएको हो । राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार पाैडेलले बिहान ७ बजे उहाँको निधन भएको बताए । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो । नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका थिए । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन । पाैडेलको श्रीमति र दुई छोरी छन् । पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु चितवन जाने तयारी गरेका छन ।

प्रकाशित मिति : 08:42