२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मासु पसल अनुगमन, बिक्रीका लागि कुहिएको मासु

३० जेठ, भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसलको अनुगमन गर्ने क्रममा कुहिएको मासु बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरिएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक क्षेत्रमा रहेका पसल अनुगमनबाट बिग्रेको सात किलो २५० ग्राम मासु जफत गरी नष्ट गरेको छ ।

अनुगमनमा बिएस मिट सपमा धुलो र झिङ्गा भन्किएको, मासु बिक्री गरेको, मूल्यसूची व्यवस्थित गर्नुपर्ने, कमलविनायक मिट सपमा बिग्रेको र कुहेको मासु पाँच किलो ११० ग्राम जफत गरिएको, धुलो र झिङ्गाले भन्किएको मासु बिक्री गरेको पाइएको भक्तपुर नगरपालिका स्यानिटेशन उपशाखाका वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । सराज मिट सपमा कुहेको र बिग्रेको बिक्रीमा राखेको मासु जफत गरिएको, पसलमा झिङ्गा, किरा मार्न विषादी प्रयोग गरिएको पाइएको छ ।

त्यस्तै जय नेपाल माछा पसलमा कुहेको माछा, धुलो र झिङ्गा भन्किएको मासु बिक्रीमा राखेको, सुमन मिट सपमा बिक्रीका लागि राखेको कुहेको र बिग्रेको मासु जफत गरी नष्ट गरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको पाइएको उहाँले बताउनुभयो ।नव मनकामना कोल्ड स्टोर एण्ड सप्लायर्स, विनायक मिट सप, महेन्द्र मिट सप, महालक्ष्मी कोल्ड स्टोरलगायत यहाँका अधिकांश मासु पसल फोहर, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको पाइएको छ । रासस

प्रकाशित मिति : June 13, 2019 at 7:42 pm