११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सरकारले असार १ देखि लागू हुनेगरी बढायाे ट्याक्सी भाडा

३० जेठ, काठमाडौँ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुनेगरी ट्याक्सी भाडा बढाएकाे छ । सरकारले असार १ गतेदेखि ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेकाे यात्रुले ट्याक्सी चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो।

यो नियम लागू भएसँगै अब ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले ट्याक्सी चढने बित्तिकै चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ।उपभोक्ताले उक्त ५० रुपैयाँमा १ किलोमिटरसम्म यात्रा गर्न पाउनेछन्।

त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जानेछ। यस अघि ट्याक्सी चढनासाथै १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो । यसअघि प्रतिकिलोमिटर ३९ रुपैयाँ रहेकाे ट्याक्सी भाडा बढेर अब पहिलो १ किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नुपर्नेछ ।

प्रकाशित मिति : June 13, 2019 at 5:00 pm