विकृती र विसङ्गतीको बिरोध गर्दै सडकमा उत्रियाे राष्ट्रिय स्वयंसेवक नेपाल
२९ जेठ, काठमाडाैँ । देशमा भएकाे विकृती र विसङ्गतीको बिरोध गर्दै राष्ट्रिय स्वयं सेवक नेपाल सडकमा आएकाे छ । सामाखुसीबाट सडकमा आएर प्रदर्शन सुरू गरेकाे राष्ट्रिय स्वयं सेवक नेपालले हरेक सडकका चोकचोकमा प्रदर्शन गर्दै १५ हप्ता विताइसकेकाे राष्ट्रिय स्वयं सेवक नेपालका उपसंयाेजक केशव उप्रेतीले बताए ।

युवाहरु नै देशका कर्णधार रहेको र उक्त कार्यक्रमकाे देशैभर अभियान थाल्ने उप्रेतीले जनाएका छन् । शनिबार काठमाडौंको माछापोखरी चोकबाट अभियान सुरुवात गरेको राष्ट्रिय स्वयंसेवक संस्थाले हरेक हप्ताको एकदिन काठमाडौंको प्रत्येक चोकबाट युवालाई जगाउने र त्यसलाई देशब्यापी अभियानको मुर्त रुप दिने उप संयाेजक उप्रेतिले बताएका छन् ।

प्रकाशित मिति : 12:45









