४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

प्रहरी घेराभित्र रहेका थुनुवाले कसरी विष किन्छन, पिउँछन अनि आत्महत्या गर्छन ?

२९ जेठ, काठमाडाैँ । कारागारमा कैद सजाय भोगिरहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।  बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुगेको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको प्रहरीको दाबी छ । गएको वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको चार वर्षको कैद सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको छ ।

१० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई सोमबार नियमित जाँच गराउन लगिएको थियो । तिवारीकै पत्नीले अस्पतालको शौचालयमा पहिला आफूले विष सेवन गरेको र त्यही बाँकी रहेको विष त्यसपछि शौचालय गएका तिवारीले सेवन गरेको प्रहरीले जनाएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ । शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो ।

प्रकाशित मिति : 10:46