४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मरिसससँग श्रम सम्झाैता भएकै दिन, उड्न ठिक्क परेका १६ नेपाली त्रिभुवन विमानस्थलबाट फिर्ता

१९ जेठ, काठमाडाैँ । जेनेभामा मरिसससँग पहिलोपटक श्रम समझदारीमा हस्ताक्षर भएकै दिन रोजगारीका लागि अफ्रिकी मुलुक मरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ ।
मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ ।

गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ ।वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

२७ लाख लिएर कागज बनाउने मेनपावर कम्पनी जस्मिन इन्टरनेशनल सम्पर्कबाहिर

सो कार्यालयले मकवानपुरका वीरमान महर्जन, रोल्पाका लालबहादुर बुढा मगर, प्युठानका नरबहादुर घर्ती क्षत्री, सप्तरीका लगिनदेव सरदार, प्युठानका हुमलाल घर्ती क्षत्री, धादिङका जीतबहादुर दराई, सप्तरीका श्रवणकुमार सरदार, प्युठानका रामलाल घर्ती क्षत्री, सप्तरीका श्यामकुमार सरदार, प्युठानका खगेन्द्र घर्ती क्षत्री, सप्तरीका सुनील सरदार, रोल्पाका मंगलसिंह कामी, सप्तरीका सत्यनारायण सरदार, रोल्पाका अमरबहादुर थापा क्षेत्री, रोल्पाका बिनबहादुर रोका र रोल्पाका धनबहादुर खड्का रहेका छन् ।

अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले १६ जनाको नै राहदानी विभागमा पठाएको र विभागबाट नै राहदानी लिन आग्रह गरेको छ ।
वैदेशिक रोजगार विभागले विमानस्थलबाट फिर्ता भएका नेपाली र उनीहरुलाई मरिसस पठाउने कम्पनीसँंग बयान लिने तयारी गरेको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले जानकारी दिनुभयो ।

‘मरिसस लैजाने जिम्मा लिएको जस्मिन इन्टरनेशनल प्रालिका सञ्चालक अहिले सम्पर्क बाहिर रहेकाले उनको खोजी भइरहेको’ विभागले जानकारी दिएको छ । विभागका सूचना अधिकारी गुरागाईंले विमानस्थलबाट फिर्ता भएकाहरुसँंग बयान लिने काम शुरु भएको र सत्य तथ्य जे आउछ त्यही अनुसार कारवाही गर्ने तयारीमा विभाग रहेको जानकारी दिनुभयो । यो समाचार दीपक रिजालले नेपाल समाचारपत्रमा लेखेका छन । 

प्रकाशित मिति : 07:56