इटहरीका मेयर द्वारीकलाल चौधरी कान समातेर सयपटक उठबस गर्न तयार, कमजोरी पत्रकारको
२८ जेठ, काठमाडाैँ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सच्चिन तयार रहेको पत्रकारमाथि भएको धम्कीको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले उल्लेख गरेको छ। टोलीले तयार पारेको संक्षिप्त निष्कर्षमा भनिएको छ, ‘मेयर चौधरीले गलत अभिव्क्ति दिएको स्वीकार गर्दै सच्चिन तयार रहेकाले सार्वजनिकस्थलमा गएर कान समातेर सयपटक उठबस गर्न तयार बताएका छन्।’ पत्रकार महासंघ प्रदेश समितीले गठन गरेको मिसन टोलीले ३ दिन लगाएर तयार पारेको प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको हो ।

गत जेष्ठ २१ गते मेयर चौधरीले पत्रकार विराट अनुपमलाई ‘नाकको डाँडी भाँच्न एक करोड छुट्याएको र आफ्नो ज्यानको सुरक्षा गर्नू’ भन्दै धक्की दिएपछि पत्रकार महासंघले मिसन टोली गठन गरेको थियो। महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेको संयोजकत्वमा बनेको ४ सदस्यीय मिसन टोलीले जेठ २८ गते प्रतिवेदन सार्वजनिक गरेको हो।
साथै पत्रकारले पनि आफ्नो आचारसंहिताको ख्याल नगर्दा सम्पूर्ण पत्रकारिता जगत नै आलोचित भइरहेको टोलीको ठहर छ। त्यलाई शुद्धीकरण गर्न पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले विषेश तालिमको आयोजना गर्नुपर्ने टोलीले सुझाव दिएको छ। पत्रकारले पनि होच्याउने र अशिष्ट प्रश्न गर्ने बानी त्याग्नुपर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिपणी नगर्न टोलीले सुझाब दिएको छ।


प्रकाशित मिति : 23:14









