‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी जोन पिटर डाल्गिस काभ्रे जिल्ला अदालतबाट दोषी ठहर
२८ जेठ, काठमाडाैँ । ‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी जोन पिटर डाल्गिस काभ्रे अदालतबाट दोषी ठहर भएका छन । संयुक्त राष्ट्र संघ (यूएन) का पूर्वकर्मचारी डाल्गिस बला याैन दुराचारको मुद्दामा दोषी ठहर भएका हुन् । जिल्ला अदालत, काभ्रेपलाञ्चोकले डाल्गिसलाई बाल यौन दुराचार सम्बन्धी मुद्दामा सोमबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले दोषी ठहर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ चैतमा काभ्रेको मन्डन देउराली नगरपालिकाबाट उनलाई पक्राउ गरेको थियो ।

प्राप्त सबुत र प्रमाणको आधारमा दोषी ठहर गर्दै अधिकारीले उनको मुद्दालाई सजाय निर्धाणका लागि पेश गर्न आदेश दिएका छन् ।गैरनाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका डाल्गिस २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए । उनले आफूलाई ‘बालबालिकाको साहस’ भनेर परिचय दिने गरेका थिए भने विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने गरेका थिए ।
प्रकाशित मिति : June 11, 2019 at 11:19 pm









