२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

श्रममन्त्री विष्टद्धारा साउदी अरेबिया र लेबनानी समकक्षीसँग द्धिपक्षीय भेटवार्ता

८ जेठ, काठमाडाैँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभागी हुन जेनेभा पुगेका साउदी अरेबिया र लेबनानका समकक्षीले भेटवार्ता गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री विष्ट र लेवनानका श्रममन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच भएको भेटमा श्रम आप्रवासनका विविध आयामबारे छलफल भएको थियो । त्यस्तै उहाँसँग आजै साउदी अरबका श्रम तथा सामाजिक विकासमन्त्री अहमद विन सलमान अलराझीले पनि भेटवार्ता गर्नुभयो ।भेटमा उहाँहरुबीच श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 11, 2019 at 8:24 pm