२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सैनिक जवान राजेन्द्रबहादुर रावलको रक्तदानबाट मृत्युको मुखमा पुगेकी गर्भवतीको ज्यान जोगियो

२८ जेठ, राजविराज । ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ ।
दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका– ४ रुपनगर निवासी सुरेशकुमार मेहताकी २९ वर्षीया श्रीमती चम्पाकुमारी गर्भवती भई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना हुँदा उहाँको शरीरमा ‘एबी नेगेटिभ’ रगत अभाव भएको थियो । विरलै पाइने सो रगत अस्पताल परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा नपाइएकाले चम्पाकुमारीको परिवार अप्ठेरोेमा परेको थियो ।

 

रक्त सञ्चार केन्द्रले नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट उक्त समूहको रगत नपाएपछि भीमदल गणमा अनुरोध गर्दा उक्त गणका सिपाही (बकासि) राजेन्द्रबहादुर रावलले रक्तदान गरेकाले चम्पाकुमारीलाई बचाउन अस्पताल सफल भएको गणपति गुप्तबहादुर कुँवरले जानकारी दिनुभयो । रगत पाएपछि उहाँले सफलतापूर्वक शिशु जन्माउनुभएको थियो । एबी नेगेटिभ रगत १०० मध्ये एक जनामा मात्रै पाइने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : June 11, 2019 at 3:10 pm