कक्षा ११ मा अध्ययनरत १७ बर्षीया युवती काठमाडौँबाटै बेपत्ता
२७ जेठ, काठमाडौँ । काठमाडौँबाटै १७ बर्षीया युवती बेपत्ता भएकी छिन् । सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ बर्षीय युरिना याेञ्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् । गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्किएकी याेञ्जन त्यसपछि परिवारकाे सम्पर्कमा नआएकाे प्रहरीले जनाएकाे छ ।

याेञ्जन जोरपाटीको नयाँ बस्तीस्थित एकता जेम्स कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् । युवतीकी आमा लालमाया योन्जनले जेठ २६ गते छोरी हराएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी छन् । प्रहरीले युवती हराएको उजुरी परेसँगै खोजीकार्य जारी राखेको जनाएको छ ।
प्रकाशित मिति : 10:27









