४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

प्रदेश ३ का मुख्यमन्त्री पाैडेल अस्पतालबाट डिस्चार्ज, मंगलबारबाट नियमित काममा सहभागी हुने

२७ जेठ, काठमाडाैँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट घर फिर्ता भएका छन । जेठ १९ गते गंगाल ह्दयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका पाैडेल स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट फिर्ता भएको र मंगलबारबाट नियमित काममा सहभागी हुने उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि पाैडेलको एनजिओप्लाष्टि गरिएको थियो । अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले पाैडेलको उपचार गरेको थियो । मुख्यमन्त्री पाैडेल  जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडामा हुने प्रदेश समन्वय परिषद्को बैठकमा सहभीगी हुनेछन ।

प्रकाशित मिति : 09:23