४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

आवेदन दिएका चार हजार युवा कोरियाली भाषा परीक्षामा सहभागी भएनन्, ४७ जना पक्राउ

२५ जेठ, काठमाडाैँ । शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको परीक्षामा  आवेदन दिएका चार हजार ३७ युवा सहभागी भएनन् । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुनुपर्ने थियो तर ४ हजार ३७ जनाले परीक्षामा सहभागिता नै जनाएनन् ।

यस्तै शनिबारको परीक्षामा ४७ जना परीक्षार्थी निष्कासित भएर पक्राउ परेका छन । वैदेशकि रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालका अनुसार अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा र नियम विपरित परीक्षामा सहभागीहरुलाइ निष्कासित  गरिएको जानकारी दिए । ‘पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने भुसालले बताए ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

प्रकाशित मिति : 19:43