माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट
२५ जेठ, अछाम । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । शुक्रबार राती आयोजनास्थल भन्दा ४ किलोमिटर पश्चिमतिर रहेको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो । प्रहरीका अनुसार तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो ।

आयोजनाले स्थानीय दिपक विसीको घरमा एक कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । विस्फोटबाट विसीको घरमा सामान्य क्षति पुगेको छ भने भे७प ९६९८ नम्बरको पल्सर मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
प्रकाशित मिति : 17:32









