४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

श्रीमतीमाथि बञ्चरो प्रहार गरी श्रीमान आफैँ गए प्रहरी चाैकी

२५ जेठ, बाँके। बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिवार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैं प्रहरी कार्यालय पुगेका थिए । पञ्चरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ ।

प्रकाशित मिति : 15:12