रक्सी खाएर श्रीमानले कुटीकुटी गरे श्रीमतीको हत्या
२५ जेठ, बुटवल । श्रीमानको कुटपिटबाट सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

यहि जेठ २० गते अत्यधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । लगत्तै उनको मृत्यु भएको थियो । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।
प्रकाशित मिति : 13:33







