४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

चेक बाउन्सको मुद्धामा बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव पुष्पराज न्यौपाने पक्राउ

काठमाडौ । नेपाली कांग्रेस निकट बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव पुष्पराज न्यौपाने चेक बाउन्स केसमा पक्राउ परेका छन । युरोटेक म्यान पावरका संचालक नारायण खड्कालाई तिर्नु पर्ने १० लाख नतिरे पछि महानगरीय प्रहरी परिसर काठमाडौले न्यौपानेलाई पक्राउ गरेको हो ।

एक्सिस एचआर सोलुसनका संचालक समेत रहेका न्यौपानेलाई चेक बाउन्सको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका न्यौपानेलाई छुटाउन अहिले नेपाली कांग्रेसका नेताहरु अहिले बिभिन्न शक्ति केन्द्रमा धाउन थालेका छन ।

प्रकाशित मिति : 12:23