२ वर्षीया बालिकाको योनीमा कपडा कोचेर हत्या प्रयास गर्ने कलावती गिरी पक्राउ
२५ जेठ, बारा । बारामा एउटा दर्दनाक घटना सार्वजनिक भएको छ। पारिवारिक दुषमनीका कारण एक महिलाले छिमेकीको २ वर्षीया नाबालिकाको हत्या प्रयास गरेकी छिन । प्रहरीले हत्या प्रयास गर्ने महिलालाई पक्राउ पनि गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ सेमरा तेगछियाकी ४० वर्षीया कलावती देवी गिरी रहेकी छिन् ।
गिरीले बिहीबार दिउँसो ४ बजेको समयमा नाबालिका २ वर्षकी (नाम परिवर्तन) आरलाई परिवारसँगको पूर्व रीसीईबी साँध्ने मनाशयले जर्बजस्ती करणीपछि हत्या प्रयास गरेकी प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।

घर अगाडि खेलिरहेको नाबालिकालाई जबरजस्ती उठाई एकान्तमा लगेर गिरीले प्लाष्टिकको डोरीले दुवै हात बाँधेर लगाएको कट्टु खोली योनीमा कपडाको टुक्रा कोचेको प्रहरीले जनाएको छ । बालिकाको हत्या प्रयास गरेर भागेकी गिरीलाई प्रहरीले शुक्रबार बिहानै पक्राउ गरी जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 08:04









