४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

११ तस्बिरमा हेर्नुहाेस् कैलालीमा हावाहुरीले मच्चाएको वितण्डा

२३ जेठ, कैलाली । कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या झण्डै ७० पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाका धेरै ठाउँमा बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ । कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित मिति : 00:18