कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु, ४० भन्दा बढी घाइते
२३ जेठ, धनगढी । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको छ । अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । हावाहुरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 23:02









