ललितपुरमा आमाले १७ महिनाकी छोरीलाई झुण्याएर हत्या गरेपछि आफुले पनि गरिन् आत्महत्या
२३ जेठ, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् । केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेकाे महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले बताए । आमाले पहिला १७ महिनाकी छोरीलाई पासो लगाएर हत्या गरेपछि आफुले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाइएको छ । पारिवारिक किचलोका कारण पहिला छोरीलाई पासो लगाएर अनि आफुले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 15:51









