४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

काठमाडौँकाे बिजुली बजारमा  मोटरसाइकल दुर्घटनाहुँदा एककाे मृत्यु

२३ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । साइकललाई ठक्कर दिएको बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर हानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना आज बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

प्रकाशित मिति : 14:41