४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

परीक्षाकाे नतिजा प्रकाशन नगर्न त्रिभुवन विश्वविद्यालयलाई अख्तियारको पत्र

२३ जेठ, काठमाडाैँ । सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ ।  अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई अख्तियारले  पत्राचार गरेको हो । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेकाे बताउँदै यो विषयमा  उच्च प्राथमिकताका साथ अनुुसन्धान गरिरहेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।  परीक्षा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुने पनि कोइरालाले बताए ।

त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३र७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो । लिखित परीक्षामा आयोगका पदाधिकारीका नातागोता उत्तीर्ण भएपछि अख्तियारमा उजुरी परेको थियो । लगत्तै अख्तियारले लिखित परीक्षाको उत्तरपुस्तिका नियन्त्रणमा लिएको थियो । तर, त्रिवि सेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता लिएको थियो ।

प्रकाशित मिति : 14:06