२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

हुण्डी कारोवार गर्ने दुई जना पक्राउ

२३ जेठ, विरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमारका साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ दुई लाख ९९ हजार ५०० र मोबाइल दुई थानसमेत फेला परेकाले सो नगदसहित रोशन र सौरभलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँबाट केराउ ६० किलो, साइकल एक थान, लेडिज टप्स ८२ थान, जेन्स भेष्ट ५५ थान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ ।रासस

प्रकाशित मिति : June 6, 2019 at 1:03 pm