३ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कारकाे शिकार भएकी किशोरीको स्वास्थ्य अवस्था गम्भीर
२२ जेठ, जनकपुर । सामूहिक बलात्कारको शिकार भएकी धनुषा बटेश्वरकी किशोरीको स्वास्थ्यअवस्था गम्भीर भएकाे छ । बलात्कृत भएपछि मानसिक रुपमा विच्छिप्त ती किशोरीको मुटुमा समस्या देखिएपछि उनलाई जनकपुर अञ्चल अस्पतालस्थित शहिद गंगालाल हृदय केन्द्रमा उपचार भईरहेको छ ।

गत फागुन ११ गते साँझबाट घरबाटै हराएकी किशोरीमाथि ३ महिनासम्म भारतमा बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलासा भएको थियो । पीडित किशोरीलाई मुज्जफरपुरमा एक महिलाले समस्यामा परेको देखेपछि भाग्नमा सहयोग गरेकी थिइन् ।
घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए ।
याे पनि पढ्नुहाेस्ः
-कक्षा ९ मा पढ्ने किशोरीलाई ३ महिना बन्धक बनाएर सामूहिक बलात्कार
प्रकाशित मिति : 16:15









