२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कलाकार संघमा सरिता लामिछानेलाई गाैरी,करिश्मा र रेखाकाे साथ, जित्लिन् त चुनाव ?

२२ जेठ, काठमाडाैँ । नेपाल चलचित्र कलकार संघको नेतृत्वका लागि पहिलोपल्ट महिला कलाकार सरिता लामिछानेले उमेद्वारी दिएकीछिन् । संघको नेतृत्वमा महिला पुर्‍याउन वरिष्ठ कलाकारहरु लागिपरेका छन् । नेपाली फिल्मका चर्चित अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा खुलेरै सरितालाई जिताउने अभियानमा लागेका छन्। उनीहरुले मंगलबार लामिछानेको पत्रकार सम्मेलनमै उपस्थित भएर समर्थन जनाएका हुन्।

निर्वाचनको समयमा आफूमाथी विभन्न आरोप लागेको बताउँदै सरिताले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकीछिन् । उनले कलाकार संघको भवन निर्माणमा जोड दिने प्रतिबद्धता गरेकी छिन् । साथै कलाकारको पेन्सनका लागि पहल गर्ने समेत बताएकी छिन्।

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि आफुले धेरै किसिमका धम्की र बेइज्जती सहिरहनु परेको लामिछानेले बताइन् । आफु तीन वर्ष कलाकार संघमै महासचिव भएपनि आफु गैर कलाकार भएको कुरा आएकाेमा दुखेसाे पाेखेकी छिन् ।  महिलाको नेतृत्व हुने भएर पनि विवाद आएको भएपनि आफु नडराएकाे लामीछानेले बताइन् ।

प्रकाशित मिति : June 5, 2019 at 1:30 pm