इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फित्र आज, देशैभर सार्वजनिक विदा
२२ जेठ, काठमाडाैँ । इस्लाम धर्मावलम्बीहरुले अाज इद उल फित्र मनाउँदैछन् । सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ । बुधबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुल फित्र भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका शाखा अधिक अशोककुमार राइले मंगलबार अबेर विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै अजका लागि सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन । इदुल फित्रका दिन विदा दिन जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

प्रकाशित मिति : 08:56









