जेठ महिनाभित्र विनाशकारी महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ
२१ जेठ, काठमाडौं । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ परेका छन् । ३६ वर्षीय क्षेत्री यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 16:18









