४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

आफ्नै छोरीलाई खुर्पा प्रहार गर्ने धादिङका बलराम ओस्ती पक्राउ 

२१ जेठ, धादिङ । धादिङमा आफ्नै छोरीलाई धारिलो हतियार खुर्पा प्रहार गरेर गम्भीर घाइते बनाउने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङकाे निलकण्ठ नगरपालिका-१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्ती रहेकाे प्रहरीले जनाएकाे छ । आफ्नै १९ वर्षीया छोरी सुनिता ओस्तीलाई बाबुले खुर्पा प्रहार गरेका हुन् ।

छोरी सुनितालाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले बलरामलाई पक्राउ गरेको हो । घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएको थियाे । सुनिताकाे थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 12:18