मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा
२१ जेठ, काठमाडौँ । मुटुको एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहेका प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । उनले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणिअधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। डा अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।
प्रकाशित मिति : 11:39









