नेकपाको सचिवालय बैठक आज, केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाउँदै
२१ जेठ, काठमाडाैँ । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे आइतबार छलफल भएको थियो र सोही खालको छलफल सोमबार पनि भएको थियो । मंगलबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने छ ।

बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल हुने बताइएको छ । यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो । पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : 07:21









