४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हुरीले बांगियो

२१ जेठ, काठमाडाैँ । बर्दियाको बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा हुरीले क्षति पुर्याएको छ । आइतबार राति आएको भीषण हावाहुरीले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल बांगिएको आजको नयाँ पत्रिका दैनिकमा यज्ञप्रसाद सापकोटाले समाचार लेखेका छन् ।

नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ । पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए । थानी निर्माण सेवा काठमाडौँले पुल निर्माणको काम गरिरहेको छ ।

निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो ।

प्रकाशित मिति : 07:03