कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा तीव्र गतिले जीवनको क्षति, न्यूनीकरणका लागि नयाँ निमय
२१ जेठ, काठमाडाैँ । कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा तीव्र गतिले जीवनको क्षति हुनेगरेको पाइएको छ । पछिल्लो पटक एकै दिन दुइ जना पत्रकारले समेत तीब्र गतिकै कारण सोही सडकखण्डमा ज्यान गुमाएका थिए । नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

सडकको मुख्य भाग (मेन लेनमार्ग ) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ( सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०/९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ ।
प्रकाशित मिति : 06:51









