रसुवामा टाटासुमो दुर्घटनाहुँदा २ को मृत्यु, ४ घाइते
२० जेठ, रसुवा । रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोसँगै ४ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । पोखराबाट रसुवाको गोल्जुङ जान लागेको बा १० च ५८२० नम्बरको टाटा सुमो जिल्लाको कालिका गाउँपालिका १ स्थित गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 20:13









