९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

ओली र प्रचण्डको बैठक आज, केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटव्यूरोमा सहमति जुटाउने

२० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएपनि अध्यक्षद्धयले छलफल गर्ने भएका छन । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही सातापछि पहिलो पटक क्लोज मिटिङ हुन लागेको हो ।ओली भारत जाँदै गर्दा प्राइमटाइम्स टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रचण्डले ओलीले सहज रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए ।

त्यसका बारेमा अनेक क्रिया र प्रतिक्रियापछि प्रचण्डले सुनसरी पुगेर ओलीनै पाँच वर्षका लागि प्रधानमन्त्री हुने बताएका थिए ।  यता ओलीले व्याग्यात्मक रूपमा यो सरकार अब ५ दिनमात्रै हो भन्ने खालको जवाफ फर्काएका थिए । अलि तिक्तापूर्ण अभिव्यकक्तिपछि दुबै नेताको बीचमा हुन लागेको यस बैठकलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओली र प्रचण्डको सहमतिको आधारमा अघि बढ्दै आएको नेकपाका नेता कार्यकर्ता भने शीर्ष नेताको बोलीपछ कित्ताक्लिएर गरेर दोषारोपणमा लागेका थिए । यद्पी आजको बैठकमा भोलि बिहान बस्ने सचिवालय बैठकमा पेश गर्ने केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरोको गठनको बारेमा सहमति जुटाउने बुझिएको छ । अध्यक्षद्धयको बैठकको समय भने निश्चित भएको छैन ।

यो पनि पढ्नुहोस्

–नेकपा सचिवालय बैठक स्थगित, भोलि ११ बजे बस्ने

प्रकाशित मिति : 11:38