अमेरिकाको भिसाको आवेदन दिँदा सामाजिक संजालको विवरण पनि बुझाउनुपर्ने
अमेरिकाको भिसाको लागि आवेदन दिनेहरुले अब नयाँ कडाई भोग्नु पर्नेछ । यस नियमअनुसार आवेदकले समाजिक संजालका विवरण प्रस्तुत गर्नुपर्नेछ । अमेरिकाको विदेश मामिला हेर्ने ‘स्टेट डिपार्टमेन्ट’ले भिसाको आवेदन दिने प्रत्येकले तिनको समाजिक संजालको एकाउण्ट र विगत पाँच वर्षदेखि चलाइरहेको इमेल ठेगाना र फोन नम्बर प्रस्तुत गर्नुपर्ने बताएको छ । यो नियम संसारभरका देशबाट अमेरिकी भिषाको लागि आवेदन दिनेका लागि लागू हुनेछ ।

यो नियम अघिल्लो वर्षनै प्रस्ताव गरिएको थियो । त्यो समय अधिकारीले यसबाट वार्षिक १.४७ करोड मानिस प्रभावित हुने अनुमान गरेका थिए । तथाप केही कुटनीतिक र आधिकारिक भिसा आवेदन दिनेका सन्दर्भमा भने यो नियम लागू हुने छैन । तर अमेरिका पढ्न र काम गर्न जाने प्रत्येक व्यक्तिले समाजिक माध्यमका तथ्याक सुचना बुझाउनु पर्नेछ । ‘परिक्षण प्रक्रिया सुधार गर्नको लागि हामी आफ्ना संयन्त्रमा निरन्तर काम गरिरहेकाे डिपार्टमेन्टले बतायाे । बीबीसी
प्रकाशित मिति : 13:58









