२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

मकवानपुरको देउरालीमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

१९ जेठ, काठमाडाैँ । मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको गढी गाउँपालिका–५ बुङदल देउरालीमा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको हो । चट्याङकै कारण अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको हो । चट्याङबाट स्थानीय कान्छीमाया स्याङतान घाइते भएकी छिन । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : June 2, 2019 at 9:04 am