३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

रसुवामा राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया शुरू

१८ जेठ, रसुवा । राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्र्रियामा सो कुराको जानकारी दिइएको हो । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जानकारी दिनुभयो । एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्न नागरिकका वैयक्तिक विवरण सङ्कलन र भण्डारण र गरी नम्बरसहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गरिने सो अवसरमा बताइएको थियो ।

जिल्लाको भौगोलिक विकटता र बस्ती छरिएका कारण विवरण सङ्कलन केन्द्र थप गर्नुपर्ने सहभागीले माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्ट, नेकपाका अध्यक्ष कर्नेल तामाङ, नेका सभापति पेम्बाछिरिङ तामाङ, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष, वडाध्यक्ष, कार्यालय प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।रासस

प्रकाशित मिति : 15:04