३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

टुहुरा बालबालिकालाई पनि मासिक २ हजार भत्ता दिने

१८ जेठ, बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ । उपाध्यक्ष कार्कीले जोड दिर्नुभयो, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।”

प्रकाशित मिति : 10:38