३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

कार्यकर्ताले भत्काएको बार उठाउन रेणु दाहालदेखि सांसदसम्म रंगाशालामा (फोटोफिचर)

१८ जेठ, चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा अाफ्नै पार्टीका नेता कार्यकर्ताले उखेलेको बार शनिबार बिहान नेकपाका नेताहरूले स्थानीयको सहयोगमा उठाएका छन । प्रतिधिसभाका सांसद कृष्णभक्त पोखरेलदेखि भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, महानगर मेयरका निकटतम प्रतिद्धन्दी देवी ज्ञवाली लगायत नेताहरू रंगशाला निर्माणस्थलमा पुगेका थिए । शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले स्थानीयको उठीबास लगाउने चेतावनी दिएपछि उत्तेजित भएका स्थानीयले बारमा डोजर चलाएका थिए । बार भत्काउने क्रमममा नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कडेँल भने अहिले थुनामा रहेका छन । सुन्तलीले स्थानीयहरूलाइ अपराधी भन्दै चिच्याएपछि अवस्था झन बिग्रिएको थियो ।

प्रकाशित मिति : 10:52