३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

१८ जेठ, काठमाडाैँ । देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने मौसमविदहरुले जनाएका छन । मौसमविदहरुले जनाए अनुसार सोमबारसम्म माैसममा बदली भइ देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

शनिबार दिउँसो पूर्वी तथा मध्य भू-भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंसिक बदली रहनेछ । शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना पनि छ । शनिबार राति पनि देशैभर बदली भई पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

प्रकाशित मिति : 09:23