३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

युवतीलाई भारत बेच्न लैजान लागेका नुवाकाेटका सुकुमान तामाङ बेलकोटगढीबाट पक्राउ

१७ जेठ, नुवाकाेट । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका वडा नं ६ बस्ने सुकुमान तामाङले ललाई फकाई प्रलोभनमा पारी युवतीलाई रोजगारीको लगि भारतमा लैजान लागेको अवस्थामा प्रहरीले बेल्काेटगढी नगरपालिकाबाट पक्राउ गरेकाे छ । भारत लैजानलागेकाे नुवाकाेट समुन्द्रटार गाउँपालीका वडा नं १ बस्ने २० वर्षीय युवती रहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका प्रहरीले खोज तलास गर्ने क्रममा नुवाकोट बेलकोटगढी केउरेनी भन्ने स्थानमा फेला पारेकाे जनाएकाे छ । पक्राउ परेका २८ वर्षीय  तामाङकाे आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 17:22