३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कञ्चनपुरमा बढी भाडा माग्दै सवारी चालकले बिच सडकमै यसरी कुटे महिला (भिडियोसहित)

१७ जेठ, कञ्चनपुर । कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्। शुक्रबार दिउँसाे  जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग ब्ुढथापाले बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको जानकारी दिए।

उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए। चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ। दिनेशखबर डटकमबाट ।

प्रकाशित मिति : May 31, 2019 at 3:37 pm