उद्योगी तथा व्यवसायी प्रभाकर राणाको उपचारका क्रममा निधन
१७ जेठ, काठमाडौँ । उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । ८४ वर्षको उमेरमा अमेरिकामा राणाको निधन भएको हो । नशा सम्बन्धी रोगबाट पीडित राणाकाे अमेरिकामा उपचार भइरहेको थियो । उनी सेाल्टी होटलका संस्थापक अध्यक्ष हुन् ।

सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।
राणाका एक छोरा छन् ।
प्रकाशित मिति : 11:44







