३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना हुँदा रामचन्द्र रिजालको मृत्यु, एक जना घाइते

१७ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को केउरेनी भन्ने स्थानमा गल्छी–त्रिशुली सडकबाट मोटरसाइकल  खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चाैकी तारूकाका सइ कुलबहादुर कुँवरले दैनिकीसँग कुरा गर्दै बिहीबार राति ९ बजे बा ६४ प ३०९९ नम्बरको मोटरसाइकल सडकबाट खसेर दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा गभ्भीर घाइते भएका रामचन्द्र रिजाल र जनक रिजाललाइ उद्धार गरी काठमाडाैँ लगिए पनि मोटरसाइकलका चालक रामचन्द्र रिजालको राति २ बजे ट्रमा सेन्टरमा मृत्यु भएको सइ कुँवरले जानकारी दिए ।  मोटरसाइलको पछाडि बस्ने जनक रिजाल गम्भीर घाइते भएका छन । उनको पनि ट्रमा सेन्टरमा उपचार भैरहेको छ । रिजालद्धय नुवाकोटकै नर्जामण्डमा स्थायी बासिन्दा हुन । तस्बीरहरूः केशव जम्कट्टेल

प्रकाशित मिति : 11:04