उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री ओलीकाे कार्यभार सम्हाल्न राष्ट्रपतिकाे निर्देशन
१६ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुभएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा उहाँलाई सो जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले विज्ञप्तिमा जनाउनुभएको छ ।रासस

प्रकाशित मिति : 19:21









