शक्तिशाली धामी बन्न क्रुरतापूर्वक घाँटी रेटी अढाई वर्षीय बालकको हत्या गर्ने शत्रुधन पक्राउ
१६ जेठ, जनकपुर । आफु शक्तिशाली धामी हुनकाेलागि अढाई वर्षीय बालककाे क्रुरतापूर्वक घाँटी रेटी हत्या गर्ने शत्रुद्यन महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । धामीको काम गर्दै आएका महतोले घरमा खेलिरहेका आर्यनलाई फकाएर लगेरआफनो घरमा बन्धक बनाएर राखेर शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी देवी देउताको नाममा बली दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शक्तिशाली धामी बन्ने भ्रममा करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएसँगै प्रहरीले सार्वजनिक गरेकाे हाे । तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको पाइएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखमा भेटिएकाे थियाे ।

प्रहरीले तीन साता लगाएर अनुसन्धान गर्ने क्रममा ढल्केबरकै शत्रुद्यन महतोलाई उनको घरबाटै बुधबार एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 11:52









