धुर्मुसको बार भत्काउने गृहमन्त्री निकटका नेकपाका कार्यकर्ता प्रकाश कडेँल पक्राउ
१६ जेठ, चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलका कर्मचारीलाई धम्काएको र उनले लगाएको बार भत्काएको अारोपमा प्रहरीले नेकपाका एक जना सक्रिए कार्यकर्ता प्रकाश कडेँललाई पक्राउ गरेको छ । कडेँल बुधबार मध्यरातमा पक्राउ परेका हुन । पक्राउ परेका कडेँल गृहमन्त्री रामबहादुर थापा बादल निकटका नेकपाका कार्यकर्ता हुन । उनी भरतपुर महानगरपालिकाका मेयर रणु दाहलसँग पनि उत्तिकै निकट रहेको नेकपाका नेता कार्यकर्ताले बताएका छन ।

कडेँलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने योजना बनाएको प्रहरीले बताएको छ । चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार कँडेलसँगै घटनामा संलग्न अन्य १६ जना पक्राउ परेका छन । मल्लले सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउने तयारी भएको बताएका छन ।

प्रकाशित मिति : 09:07









