३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित गरेको धुर्मुसको घोषणा, यस्तो छ कारण

१६ जेठ, काठमाडाैँ । धुर्मुस–सुन्तली फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित गरेको घोषणा गरेका छन । सुरक्षाको कारण देखाउँदै उनले रंगशाला निर्माणको काम स्थगित गरेको घोषणा गरेका हुन । बुधबार राति एक विज्ञप्ति जारी गर्दै धुर्मुसले रंगशाला निर्माको कार्य रोकेको जनाएका हुन ।

फाइल तस्बीर ।

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले बुधबार भत्काइदिएका थिए । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

प्रकाशित मिति : 08:43