३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सरकारी कर्मचारीको तलब बढ्यो, कसको तलब कति ? (सूचिसहित)

१५ जेठ, काठमाडौँ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ । नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब बृद्धिको घोषणा भएको हो । अब सबैभन्दा तल्लो तहका पियनले न्यूनतम २२ हजार ८ र माथिल्लो तहका मुख्यसचिवले ६५ हजार १३६ रकम पाउनेछन् ।

सरकारी तलब भत्ता खाने राष्ट्रसेवक कर्मचारीको तलबसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, सांसद, मन्त्री र राज्यमन्त्रीको पनि तलब वृद्धि हुन्छ ।

हेर्नुहाेस् सूचिः

प्रकाशित मिति : 21:00